मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले राक्सिराङ गाउँपालिकालाई ७५ प्याकेट राहत सामग्री प्रदान गराइएको छ । आइृतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई ७५ प्याकेट राहत सामग्री प्रदान गर्नुभएको हो ।
राक्सिराङ गाउँपालिलाई आईतबार ७५ प्याकेट राहत सामग्री प्रदान गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट गाउँपालिकालाइ राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत र उद्योग संघ मकवानपुरले जिल्लावासीकालागि भन्दै जिससलाइ राहत उपलब्ध गराएको छ ।
उपलब्ध राहत सामग्रीबाट हालसम्म जिसस चितवन, हेटौंडा उपमहानगरपालिका तथा उपमहानगरपालिकाका विभिन्न वडा कार्यालयहरू, मकवानपुरकै बकैया गाउँपालिका, बागमती गाउँपालिका, मामाघर नेपाल मकवानपुर र ओम बृद्धाश्रमलाइ राहत उपलब्ध गराएको प्रमुख खुलालले बताउनुभयो । हालसम्म जिल्ला समन्वय समिति चितवनलाई एकसय प्याकेट, हेटौंडा उपमहानगरपालिकालाई ७० प्याकेट, उपमहानगरपालिकाकै ८, ९ र ११ नम्बर वडा कार्यालयलाइ, बकैया गाउँपालिकालाई ८४ प्याकेट, बागमती गाउँपालिकालाई ५५ प्याकेट, मामाघर नेपाल मकवानपुरलाई १५ प्याकेट र ओम बृद्धाश्रमलाई २० प्याकेट साहत सामग्रीप्रदान गरिएको प्रमुख खुलालले बताउनुभयो ।