मकवानपुर– कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न मकवानपुरका स्थानीय वासी नै कृयाशिल बनेका छन् । लकडाउन कार्यान्वयन गर्न जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ न्युरेनी चिसापानीका स्थानीयले गाउँ छिर्ने नाकामा तगारो लगाएका छन् । स्थानीयले लकडाउनको पुर्ण पालना गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका हुन् ।
स्थानीयले टोल प्रवेश गर्ने नाकामा तगारो राखेका छन भने, नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने सूचना टाँस गरेका छन । कोरोना संक्रमणबाट बच्नकालागि टोललाई लकडाउन गरिएको स्थानिय ओम पोखरेलले बताउनुभएको छ । ‘“विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरिएको तथा नेपाल सरकारले पनि संक्रमण नफैलीयोस भनेर लकडाउन गरेको हुनाले हामिले पनि टोललाई लकडाउन गरेका हौं’ पोखरेलले भन्नुभयो । बाहिरबाट आएकाहरुबाट रोग सर्न सक्ने भएकाले टोलबसिले आफु पनि बाहिर नजाने र बाहिरबाट आउनेलाई पनि प्रवेश गर्न नदिने सल्लाह भएकोले यसो गरेको उहाँले बताउनुभयो ।
टोलमा मन्दिर र एकान्त स्थान धेरै रहेको र अपरिचित मान्छेहरू धेरै आवतजावत गरेकोले पाईउकाले आफ्नै सुरक्षाका लागि रोक लगाएको तगारोको निगरानीका लागि खटिएका राजकुमार पौडेलले बताउनुभयो । साथै स्थानीयले तगारो नजिक अत्यावश्यक अवस्थामा मान्छे हिडडुल गर्दा साबुनपानीले हात धुने व्यवस्था गरेको स्थानीय रविन श्रेष्ठले बताउनुभएको छ । त्यस्तै हेटौंडा ६ स्थित जनकल्याण बचत तथा ऋण सहकारीको चोकमा समेत स्थानीयले तगारो राखेर टोललाई लकडाउन गरेको श्रेष्ठले बताउनुभयो ।