?????????????????????????????????????????????????????????

हेटाैंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका वडा सदस्यको निधन भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ का वडा सदस्य शेर बहादुर वाईवाको निधन भएको इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले जानकारी दिनुभयाे ।

चैत २१ गते सम्म वडा कार्यालयको व्यवस्थापन समितिको बैठकमा सक्रिय रुपमा उपस्थित हुनुभएका वाईवाको चैत २२ गते बिहान निधन भएको हो । वाईवाले २१ चैतमा घर पुगेर मुटु दुख्यो भन्ने वित्तिकै अचेत भएपछि भोलिपल्ट विहान निधन भएको थियो । वाईवाको हृदयघातको कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जनाइएको छ । वाइवा नेकपाका नेता हुनुहुन्थ्याे ।