मकवानपुर– संघीय सरकार मार्फत बागमती प्रदेश सरकारलाई प्राप्त कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदेशका १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश मातहतका अस्पतालमा पुगेको छ । कोरोना भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामग्रीहरु १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश मातहतका आठ वटा अस्पताललाई वितरण गरिएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य व्यावस्थापन आपूर्ति केन्द्रद्धारा स्वास्थ्य सामाग्री मातहतका कार्यालयमा वितरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो । चिनबाट आएका सामाग्रीहरु प्रदेश मातहत रहेका १३ वटै जिल्लाका स्वास्थ्य कार्यालय र आठवटा अस्पताललाई सामाग्री वितरण गरिएको अधिकारीले बताउनुभएको छ । स्वास्थ्य कार्यालय र अस्पतालहरुलाई गलभ्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो््िमटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु वितरण गरिएको उहाँले बताउनुभयो । साथै प्रदेश राजधानी हेटौंडामा कोरोना परिक्षण प्रयोगशाला संचालनमा आएको हुनाले कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
वितरण भएका सामाग्रीकाे लिष्ट ।
