मकवानपुर–मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायण प्रसाद भट्टको सरुवा भएको छ । गृह मन्त्रालयले मकवानपुरका सिडिओ भट्टसँगै १२ जिल्लाका सिडिओको सरुवा गरेको हो । करीब साढे ३महिना मकवानपुरमा रहनुभएका भट्टलाई गृह मन्त्रालय सिंहदरबार सुरुवा गरिएको छ । गृह मन्त्रालयले भट्टको ठाँउमा गृह मन्त्रालयमा कार्यरत दीपकराज नेपाललाइ सरुवा गरेकाे छ । त्यस्तै गृहले कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीलाई पठाएको छ ।