मकवानपुर– बागमती प्रदेश सरकारले मकवानपुरको उत्तरी क्षेत्रमा पाइने राष्ट्रिय फुल लालीगुँरासको संरक्षण गर्ने भएको छ । गुँरासको हांगा भाँच्दा र स्थनीयले इन्धनको स्रोतका रुपमा गुराँसका रुख बाल्दा गुराँस संकटमा पर्दै गएपछि त्यसको संरक्षणका लागि प्रदेश सरकार लागेको हो ।

जिल्लाको उत्तरी थाहा नगरपालिका, ईन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न क्षेत्रमा पाईने लालीगुँरासको संरक्षणका लागि डिपिआर तयार भईरहेको बागमती प्रदेश उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका अधिकृत नवराज पुडासैनीले जानकारी दिनुभएको छ । पहिलो चरणमा गुराँस पाइने मकवानपुरको थाहा नगरपालिका स्थित सबैभन्दा ठुलो करुणाभूमी र ऋषेश्वर बनमा डिपिआर तयार गरी गुराँस संरक्षणको पहल थालिने उहाँले बताउनुभयो । पहिलो चरणमा चालु आर्थिक वर्षमै दामनमा गुराँस बगैचा निर्माण गरेर करुणाभूमी र ऋषेश्वर बनमा विशेष योजना लागू गरिने अधिकृत पुडासैनीले बताउनुभयो ।
उतरी मकवानपुरको चिसो क्षेत्रा दामन, पालुङ, टिष्टुङलगायत क्षेत्रका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरुमा बेहुली झै राताम्य लालीगाँरास फुल्ने गर्दछ । राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएका हुन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथ वरपरका जंगलमा फुलेका लालिगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्यउने गर्दछ । तर, पछिल्लो अवस्थामा रुखको हाँगा भाँच्दा र गुँरासका रुख दाउराको रुपमा प्रयोग हुन थाले पछि संकटमा परेको छ । जसले त्रिभुवन राजपथ हुँदै हिड्ने पर्यटकलाई लोभ्याउने गर्दछ । लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्वीर कैद गर्नमा ब्यस्त देखिन्छन् भने कोहीले रुख चढेर लालीगुराँस कोसेली लैजाने गर्दछन । त्रिभुवन राजपथ आसपासमा राम्ररी लालीगराँस फुल्ने गरेको र पारखीहरुलाई लोभ्यउने हुनाले पर्यटन प्रबद्धनका लागि लालीगुराँस संरक्षणमा प्रदेश सरकार लागेको पुडासैनीले बताउनुभयो ।