मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिवारबीचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ । फागु पर्वका अवसरमा सोमबार एक सन्देश मार्फत मुख्यमन्त्री पौडेलले संसारभर कोरोना भाइरसको त्रास फैलीएको उल्लेख गर्दै जोखिम निम्तन सक्ने कुनैपनि क्रियापलाप नगर्न तथा परिवार बिचमा खुशी साटासाट गरेर फागु पर्व मनाउन आग्रह गर्नुभएको छ ।
“यसवर्ष संसारभर कोरोना भाइरस भनिने कोभिड १९ को प्रकोप बढेको कारण हामीले उल्लासमय ढङ्गले यो पर्वमा होली खेल्न सक्ने अवस्था छैन । विज्ञहरुको सुझाव अनुसार सरकारले भीडभाड नगर्न, लोला तथा पानी छ्यापाछ्याप नगर्न तथा कुनैपनि प्रकारको जोखिमपूर्ण कामहरु नगर्न अनुरोध गरेको छ । जोखिम निम्तन सक्ने कुनैपनि क्रियापलाप नगर्नु एउटा असल नागरिकको कर्तव्य पनि हो । त्यसैले परिवारबीचमा खुशी साटासाट गरेर यो पर्व मनाउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।” मुख्यमन्त्री पौडेलद्धार जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पौडेलले रङ्गहरुको पर्व फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशबासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, संमृद्धि एवं उतरोत्तर प्रगतिको कामना गर्नुभएको छ । “असत्यमाथि सत्यको विजय भएको दिनलाई रङ्गिन विजयोत्सवको रुपमा मनाइने यस पर्वले सत्य, न्याय र निष्ठाका पक्षमा लागि रहन प्रेरित गर्दछ । यस्ता पर्वहरुले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।” मुख्यमन्त्री पौडेलद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

रङ्गहरुको पर्व फागु पूर्णिमाको अवसरमा प्रदेशबासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइमा…

Gepostet von Dormani Paudel am Sonntag, 8. März 2020