मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको चुरियामाईमा अवस्थित सुरुङमार्गलाई प्रदेशको प्रवेशद्धाराका रुपमा निर्माण गरिने बताउनुभएको छ । मंगलबार बिहान सुरुङ मार्गको स्थलगत अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले आगामी बैशाखबाट पुनर्निमार्णको काम सुरु गरिने र यसलाई बागमती प्रदेशको प्रवेशद्धारा हुने बताउनुभयो ।

१०३ वर्ष पुरानो सुरुङ मार्गलाई पुननिर्माण गरेर पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको छ । मुख्यमन्त्री पौडेलले उत्तः क्षेत्रमा यातायात संग्राहालय, चुरे मन्दिरको भौतिक विकास गर्दै उक्त क्षेत्रमा पार्क निर्माण, बिवाहस्थल, पिकनिक स्पोटलगायत अन्य विभिन्न पुर्वाधार निर्माण गरेर पर्यटकिय क्षेत्रका रुपमा समेत विकास गर्ने योजना रहेको बताउनुभयो । हरेक कुरालाई पर्यटनसंग जोडेर लैजाने प्रदेश सरकारको योजना अनुसार उक्त क्षेत्रको विकासका लागि गुरुयोजना समेत निर्माण भईरहेको तथा गुरु योजना निर्माणको काम समेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री पौडेलले सुरुङ्ग कुनै पनि हालतमा खोलिने र इतिहाससंग जोडिएको कुरालाई प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो–“म आफै साक्षी हो सुरुङ्गमा गाडीमा हिडेको, अम्लेखगन्जबाट रेलमा रक्सौल गएको अनुभव छ । यति ठुलो पँजीलाई ढकनिले छोपेर राख्ने पक्षमा म छैन्, यसको पुननिर्माण गरेर प्रयोगमा ल्याउनु पर्छ । पुरातत्व विभागले काम गर्ने कि गर्न दिने भन्ने प्रश्न गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– “सुरुङ्ग कुनै पनि हालतमा खोलिन्छ । बैशाख महिना भित्र टेन्डर गरेर कामको थालनी गछौं ।”
कार्यक्रममा बागमती प्रदेशका भौतिक पसर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले चरण गत रुपमा विभिन्न सरोकारवाला पक्षसंगको छलफल गरेर बैशाख १ गते कामको सुरुवात हुने बताउनुभयो । प्रदेशको प्रवेशद्धारासंगै आम्दानीको स्रोत पनि हुने हुनाले प्रदेश सरकारले विशेष रुपमा यो योजनालाई लिएको उहाँले बताउनुभयो ।
अनुगमन टोलीमा बागमती प्रदेशका उद्योग पर्यटन वन तथा बातावरण मन्त्री अरुण नेपाल, प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे, बुद्धि मान माझी, नरोत्तम बैध्य, राधा घले, संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा कृष्ण पौडेललगायतको सहभागिता थियो ।