मकवानपुर–मकवानपुर प्रहरीले लागु औषध ओनरेक्स सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ७३ बोतल लागु औषध सहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने २६ वर्षिय बिकाश भन्ने कुमार मुक्तान र २८ वर्षिय रोशन भन्ने श्याम बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँचका क्रममा मनहरी गाउँपालिका–९ तिरतिरे धारा (ज्यामिरे) स्थित सडक खण्डबाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना १४ प ६२२३ नम्बरको मोटरसाईकललाई सुरक्षा जाँच गर्ने क्रममा उनिहरुले बोकेको २ वटा झोलामा ७३ बोतल लागु औषध ओनरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो । उनिहरु बिरुद्ध आवश्यक अनुसन्धान भईरहेको तथा उनिहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १ वर्ष देखि १० वर्ष सम्म कैद र १ काख देखि २० लाख रुपैयासम्म जरिवाना हुने उहाँले बताउनुभयो ।