मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले शनिबार (आज) बृहत बनभोज कार्यक्रमको आयोजना गरेको छ । पाट्री एकिकरण पश्चात टोल कमिटीको गठन पश्चात कार्यकर्ता बिच भेटघाट तथा परिचय गर्ने उदेश्यका साथ हरेक वर्ष झै वडा कमिटीले बनभोज कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा ९ नम्बर वडा कमिटीका अध्यक्ष सुर्य बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेकपा जिल्ला सचिव एवम् प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, नेकपा प्रदेश सभा सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा हेटौंडा नगर ईन्चार्ज श्रीधर पोख्रेल, नेकपा जिल्ला पाट्री सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।