फाइल तस्विर

हेटौंडा– नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सहभागी वडाका प्रतिनिधिको उपस्थितिमा खेलतालिका सार्वजनिक गरिएको हो ।
पुरुष तथा महिला दुबैतर्फ १०÷१० टिमको सहभागिता रहेको छ । लिग कम नकआउट प्रणालीमा आयोजना गर्न लागिएको प्रतियोगिता भोलि बुधबारबाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गर्नुहुने प्रतियोगिताका संयोजक छ । पुरुषतर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १३, १६, १७ र १९ नम्बर वडा सहभागी छ भने महिलातर्फ ५, ६, ८, ९, ११, १२, १३, १४, १७ र १९ नम्बर वडा सहभागी छन् । शुक्रबारसम्म चल्ने प्रतियोगिता हेटौंडाको हुप्रचौरमा हुनेछ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने पुरुष तथा महिला दुबै टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र स्वर्ण भण्डारले पनि सहयोग गरेको छ ।