मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरमा मनाउन लागिएको ७० औ प्रजातन्त्र दिवसको तयारी पुरा भएको छ । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गत्ते (भोली) आयोजना हुने प्रभात फेरि कार्यक्रमको तयारी पुरा भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् प्रजातन्त्र दिवश जन परिचालन समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभएको छ ।
भोली बिहान ८ बजे बुद्ध चोकबाट प्रभात फेरि गरि मुख्यमन्त्री कार्यलयमा प्रदेश प्रमुखको प्रमुख आतिथ्यमा बिषेश कार्यक्रमको आयोजना हुने उहाँले बताउनुभयो । कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, राजनैतिक दल, टोल विकाससंस्था लगायतको सहभागिता रहने उहाँले बताउनुभयो । यस अघि आज फागुन ६ गते ७० औ प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक स्थल, बाटो, कार्यलय परिसर सफाइ गरिएको समेत उहाँले बताउनुभयो । तीन दिवशीय कार्यक्रम अनुसार फाल्गुन ६, ७, ८ गते सबै मन्त्रालय ,आयोग ,निर्देशनालय ,आदि कार्यलयहरुमा दिपावली गरि भव्य रुपमा मनाउने प्रमुख खुलालले जानकारी गदिनुभयो ।