हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा मंगलबार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१९ सान्नानीटारका अन्दाजी ४५ बर्षीय दीपक सुवेदी रहेका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ०३–०२–१२ प ३५६८ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका सुवेदीलाई ठक्कर दिएको थियो ।

घाइते सुवेदीको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here