मकवानपुर– हेटौंडामा यही फागुन १४ देखि १७ गतेसम्म नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा एवम् जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।
गत वर्ष उपमेयर कप वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यो वर्ष नगर कपका रुपमा संचालन हुन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका सबै वडाहरुबाट एक महिला र एक पुरुष टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक संतोष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सम्बन्धित वडामा स्थायी बसोबास गरेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने संयोजक श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष टिमहरुले नगद ५०÷५० हजार, द्धितिय हुनेले ३०÷३० हजार तथा सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद १०÷१० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । त्यस्तै उत्कृष्ट खेलाडीले ५÷५ हजार र विधागत तर्फका उत्कृष्ट स्पाईकर, व्लकर, सेटर, डिफेण्डर र प्रशिक्षकलाई २५÷२५ सय नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । लिगकम नकआउटको आधारमा खेलाईने दुवै प्रतियोगिता संचालनका लागि करीब ५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा सहभागि हुनकालागि यहि फागुन १२ गते सम्ममा टिम दर्ता गराईसक्नु पर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतिष्ठानका तृतिय उपाध्यक्ष राजन दाहालको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव बसन्त कुमार सिटौला, सचिव सुरेश श्रेष्ठलगायतको उपस्थिती थियो ।