हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम आठमा मकवानपुरको लिग च्याम्पियन डा“फे युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगञ्ज युनाइटेडबीचको विजेतास“ग हुनेछ । जवलाखेलको जितमा सुजित बुढाथोकी नायक सावित भए । उनले खेलमा दुई गोल गरे । खेलको १४ औं मिनेटमा सुजित बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । उनले फोफना फोडेको क्रसमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको गोलमा डा“फेका गोलरक्षक देब लिम्बुले कुनै प्रतिक्रिया दिन भ्याएनन् । बुढाथोकीले पुनः २८ औं मिनेटमा दोस्रो गोल गरे । उनले मकवानपुरका डिफेन्डरबीच तालमेलको अभावमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।  खेलको ६० औं मिनेटमा जावलाखेलका रब लामाले प्रहार गरेको आकर्षक बल मकवानपुरको गोलपोष्ट नजिकबाट बाहिरिएको थियो । खेलमा मकवानपुरका हिसुब थपलिया र विश्व अधिकारीले केही राम्रा मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफ्मा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखेपनि गोल भने गर्न सकेन । दोस्रोमा पहिलो हाफ्को अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भयो । खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् ।  प्रतियोगिता अन्तर्गत् भोलि बुधबार साविकको विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद छलाख र तीनलाख रुपैया“ प्रँप्त गर्नेछन् ।