मकवानपुर– बागमती प्रदेशको भौतिक पुर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुँयाल नियुक्त हुनुभएको छ । प्रदेश सरकारकाे सिफारीसमा प्रदेश प्रमुखकाे कार्यालयमा फुयाललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा बागमती प्रदेशका प्रमुख सचेतक समेत रहनुभएका नव नियुक्त भौतिक पूर्वाधार तथा विकास मन्त्री फुँयाललाई आज प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले पद तथा गाेपनीयताकाे सपथग्रहण गराउनुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु तथा कर्मचारीहरु, स्थानीय तहका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थितीे थियो ।