मकवानपुर– बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्न तयारी अवस्थमा रहेका नेकपाका नेता रामेश्वर फुँयालको सपथग्रहण एकाएक रोकिएको छ । बग्मती प्रदेश सरकारको मंगलाबार बसेको मन्त्रीपरिषद् बैठकले फुँयाललाई मन्त्री नियूक्त गर्ने टुंगो लगाएको थियो ।
आज बुधबार अपरान्ह ४ बजे फुँयाललाई सपथ ग्रहणका लागि तयार हुन मुख्यमन्त्री कार्यालयले आग्रह गरेको थियो । प्रदेश प्रमुखको कार्यालयमा हुने सपथग्रहणका लागि फुँयाल तयार थिए । तर दिउँसो एकाएक उनको सपथग्रहण नै रोकिएको छ । सपथग्रहण रोकिएपछि नेकपा बाग्मती प्रदेशभित्र रहेको विवाद पनि सतहमा आएको छ । सपथग्रहणको कार्यक्रम समेत तय भइसकेको अवस्थामा कुन शक्तिले फुँयाललाई मन्त्री बन्नबाट रोक्यो भन्ने चर्चा सुरु भएको छ ।
तत्कालिन एमालेबाट प्रदेशसभाम सदस्यमा निर्वा्चित भएका फुँयाललाई तत्कालिन माओवादी केन्द्र नेताले मन्त्री बन्नबाट रोकेको चर्चा छ । उनलाई भौतिक पूर्वाधार विकास मन्त्री बन्न नदिन तत्कालिन एमालेका नेताहरुले समेत लविङ गरेपछि उनको आज मन्त्री बन्ने तयारी विफल भएको हो । भौतिक मन्त्रालयमा हालका सामाजिक विकास मन्त्री युवराज दुलालको पनि इच्छा रहेकोले स्रोतले बताएको छ । दुलाललाई भौतिकमा र फुँयाललाई सामाजिक विकास मन्त्रालयमा लैजानु पर्ने भन्दै पार्टीको शिर्ष तहबाट कुरा आएपछि सपथग्रहण रोकिएको स्रोतले दाबी गरेको छ ।