मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका दुईजना कर्मचारीलाई विदाई गरिएको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय अधिकारी र लेखापाललाई विदाई गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत कार्यालय परिवारले जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय र लेखापाल लक्ष्मण अर्याललाई मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको हो । समन्वय अधिकारी उपाध्याय सुचना आयोगको कार्यालय काठमान्डौं र लेखापाल अर्याल भुमिगत जलस्रोत समिति बबरमहल काठमान्डौं सरुवा हुनुभएको छ । विदाई कार्यक्रममा प्रमुख खुलालले आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।