मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलल देश संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अग्रसर भएको बताउनुभएको छ । मंगलबार हेटौंडा–११ स्थित सहिद स्मारक पार्कमा आयोजित सहिद दिवश २०७६ तथा सहिद स्मारकको रजत जयन्तीका अवसरमा आयोजित नवनिर्मित प्रजातान्त्रिक पार्कको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिक संविधानसभा मार्फत अधिकार प्राप्तिको आन्दोलनलाई सम्बोधन गरिएपश्चात देश गणतन्त्रलाई संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अग्रसर भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले देश र जनताको हितको लागि आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको योगदानको चर्चा परिचर्चा गरिरहँदा, गौरवगाथा स्मरण गर्दै गर्दा हाम्रो सामुन्ने ईतिहासले सुम्पिएको महत्वपुर्ण कार्यभारहरु रहेको बताउनुभयो । सहिदको बलिदानीको जगमा ब्यवस्था परिवर्तनको आन्दोलन गन्तब्यमा पुग्न सफल भएको भन्दै अधिकारका मुद्धाहरुलाई संविधानमा लिपिबद्ध, सम्बोधन गरिएको बताउनुभयो । अब अधिकार प्राप्तिकै लागि कोहि सडकमा उत्रिनु नपर्ने भन्दै मुख्यमन्त्री पौडेलले संघर्षको युगबाट समृद्धिको युगतर्फ प्रवेश गरेको बताउनुभयो ।

“भ्रष्ट्रचार विरुद्ध शुन्य सहनशिलता, प्रशासनिक कामकार्वाहिमा चुस्त दुरुस्ता, स्थानिय सरकार मार्फत घरगाँउमै सेवाप्रवाह, विकास निर्माण प्रतिको प्रतिवद्धता, उद्योग एवम् लगानी मैत्री वातावरण मार्फत रोजगारीको श्रृजना, कृषि क्षेत्रमा युवा सहभागिता, प्रोत्साहन र अनुदानलगाएत कार्यक्रममाफर्त “नेपाल बन्दै छ ” भन्ने सकारात्मक सन्देश प्रवाहभएको” मुख्यमन्त्री पौडेलको भनाई थियो । ब्यवस्था परिवर्तन पछि अब देशको अवस्था परिवर्तन नै आजको महत्वपुर्ण कार्यभार भएको भन्दै मुख्यमन्त्री पौडेलले कोहि भोकै पर्नु नपर्ने, कोहि भोकै मर्नु नपर्ने, जसको कोहि छैन उसको लागि सरकार छ भन्ने सुनिश्चिताले नै यो ब्यवस्थाको सान्दर्भिकतालाई पुष्टि गरेको बताउनुभयो ।

संबोधनको पूर्ण पाठ ।

सम्माननीय राष्ट्रपति ज्यु,
माननीय प्रदेश प्रमुख ज्यू, माननीय प्रतिनिधि सभा सदस्य, माननीय राष्ट्रिय सभा सदस्य, प्रदेश सरकारका माननीय मन्त्री ज्यूहरु, माननीय प्रदेशसभा सदस्य ज्यूहरु, संबैधानीयक आयोगका सदस्यहरु, जनप्रतिनिधि, विभिन्न देशका राजदुतहरु, राष्ट्रसेवक कर्मचारी, संचारकर्र्मी एवम् उपस्थित सम्पुर्ण महानुभावहरु,
यतिबेला हामी देश र जनताको हितको लागि आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको सम्झनामा स्थापित शहिद स्मारक परिसरमा उपस्थित भएका छौं । ऐतिहासिक संविधानसभा मार्फत अधिकार प्राप्तिको आन्दोलनलाई सम्बोधन गरिएपश्चात देश संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अग्रसर भएको छ । आजसम्म आईपुग्दा यो देशको परिवर्तन र जनताको मुक्तिका खातिर हजारौं नेपाली सपुतहरुले आफ्नो अमुल्य जीवन आहुति दिएका छन् । सहिद दिवस तथा स्मारक रजत जयन्तिको अवसरमा तिनै महान् सहिदहरु प्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दै आफ्ना भनाई राख्न चाहान्छु ।
आज सहिदहरुको योगदानको चर्चा परिचर्चा गरिरहँदा, गौरवगाथा स्मरण गर्दै गर्दा हाम्रो सामुन्ने ईतिहासले सुम्पिएको महत्वपुर्ण कार्यभारहरु छन् । जिम्मेवारीहरु छन् । सहिदको बलिदानीको जगमा हामीले ब्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तब्यमा पु¥याएका छौं । अधिकारका मुद्धाहरुलाई संविधानमा लिपिबद्ध गरेका छौं । सम्बोधन गरेका छौं । अब अधिकार प्राप्तिकै लागि कोहि सडकमा उत्रिनु पर्नेछैन । ब्यवस्था परिवर्तनका लागि बलिबेदिमा चढ्नुपर्ने छ नै । हामीले खोजेको ब्यवस्था अन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन ब्यवस्था संचालन भईरहेको छ । र, हामी संघर्षको युगबाट समृद्धिको युगतर्फ प्रवेश गरेका छौं । यसर्थ, हामी ईतिहासको अत्यन्तै महत्वपुर्ण क्षणमा छौं । हामीले गर्नुपर्ने र गर्न सकिने अनेकन् संम्भावनाहरु छन् । हामीले सामना गर्नुपर्ने र छिचोल्नु पर्ने अनेकन चुनौतिहरु पनि छन् । लामो राजनीतिक अस्थिरता पछि बलियो एवम् स्थिर सरकार छ । द्धन्द्ध, अशान्ति, बन्द, हडताल जस्ता अस्थिरता र ध्वशं निम्त्याउने कार्यहरु निरुत्साहित भएका छन् । भ्रष्ट्रचार विरुद्ध शुन्य सहनशिलता, प्रशासनिक कामकार्वाहिमा चुस्त दुरुस्ता, स्थानिय सरकार मार्फत घरगाँउमै सेवाप्रवाह, विकास निर्माण प्रतिको प्रतिवद्धता, उद्योग एवम् लगानी मैत्री वातावरण मार्फत रोजगारीको श्रृजना, कृषि क्षेत्रमा युवा सहभागिता, प्रोत्साहन र अनुदानलगाएत कार्यक्रममाफर्त “नेपाल बन्दै छ ” भन्ने सकारात्मक सन्देश प्रवाहभएको छ । त्यसो त पर्यटनको सन्दर्भमा भ्रमण वर्ष, २०२० ले छुट्टैआशा र उत्साह जगाएको छ र पनि, परिणाममा जनतालाई परिवर्तनको अनुभुति गराउनुपर्ने चुनौति यथावत नै छ । ब्यवस्था परिवर्तन पछि अब देशको अवस्था परिवर्तन नै आजको महत्वपुर्ण कार्यभार हो । कोहि भोकै पर्नु नपर्ने, कोहि भोकै मर्नु नपर्ने, जसको कोहि छैन उसको लागि सरकार छ भन्ने सुनिश्चिताले नै यो ब्यवस्थाको सान्दर्भिकतालाई पुष्टि गर्छ । यस कार्यभारलाई पुरा गर्न सक्दामात्र सहिदहरुप्रति सच्चा सम्मान हुने छ । सहिदको त्याग र योगदानलाई बिर्सिएर हामीले ईतिहासको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न सक्दैनौं । किनकि आजको यो परिवर्तनतिनै महान सहिदहरुको बलिदानीपुर्ण संघर्षबाट संभव भएको हो । यो सहिद स्मारक तिनै सहिदहरुको गौरवशाली गाथालाई जीवन्तबनाई आजको युवा पुस्तामा सहिदप्रति रहेको आस्थाजोगाई सहिदको बारेमा पूर्णरुपमा अध्ययन, अनुसन्धान र श्रद्धेय सहिदप्रति श्रद्धा भक्ति एबं विश्वासको त्रिबेणी अर्पण गर्ने पवित्र स्थल हो । यहाँ भक्ति थापादेखि २०४६ साल सम्मका सहिदहरुलाई समेट्ने गरी एउटै ढुँगामा १२ सहिद र ज्ञात अज्ञात सहिदको प्रतिनिधिकारुपमा एक पूरुष र एक महिलाको अमुक आकृति समाबेश गरिएको नेपालकै इतिहासमा अनुपम नमूना र सम्पूर्ण सहिदलाई एउटै थलोमा स्मरण गर्न सकिने सहिद स्मृति स्थललाई पूर्णता ६५ फिट उचाईको स्तम्भ चारै तिर कमलको फूलको आकार देखिने भित्री भागमा विभिन्न कालखण्ड झल्कने अमुक आकृति, चार फोहरा, आकर्षक बगैचा, अग्रभागमा नेपालको प्राकृतिक नक्सा जसमा मुख्य नदिहरु हिमश्रृङ्खलादेखि बगिरहेको देख्न सकिन्छ । जुन सम्मानीय राष्ट्रपति ज्यूबाट २०७२ साल माघ १६ गते अनाबरण भएको व्यहोरा स्मरण गराउन चाहन्छु । जनस्तरबाट निर्माण गरिएको यो त्यहि स्मारक हो, जहाँ जननेता मदन भण्डारीको स्मृतिमा उहाँको मृत्यु भएको स्थान दास ढुंगाको दृश्य प्रतिबिम्बित हुने गरी नेपालकै पहिलो पुर्णकदको मदन प्रतिमा र आकर्षक मदन बाटिका रहेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ साल माघ १७ मा उद्घाटन गर्नुभएको सहिद स्मारक स्थापनाको २५ औं वर्ष अर्थात रजत जयन्ति वर्षमा आईपुग्दा विभिन्न पर्यटकिय पूर्वाधारहरु निर्माण भएका छन् । वालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोज स्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, सहिद अध्ययन तथा अनुसन्धान केन्द्र, व्यबसायिक स्टलहरु, आकर्षक मनमोहक बगैचाहरु, धरहरा पार्क, मैत्रीपार्क लगायतका संरचनाहरु निर्माण भइसकेका छन् । स्मारकले यस भेगको आर्थिक सामाजिक जीवनमा पारेको बहुआयामिक प्रभाव तथा अरु क्षेत्रका लागि समेत अनुकरणिय हुन सक्छ । यसले सयौं स्थानियलाई प्रत्यक्ष रोजगारी दिएको भने त्यसभन्दा बढि अप्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । जसबाट हजारौं परिवार लाभान्वित भएका छन् । यस भेगको विकासले गति लिएको छ । समग्र मकवानपुरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्मारकले नेतृत्वदायि भुमिका खेलेको छ भने यसबाट हेटौंडाको आर्थिक क्रियाकलापमा समेत वृद्धि भएको छ । पछिल्लो समय स्मारकमा पर्यटक आगमनमा उल्लेख्य बृद्धि भइ बार्षिक ५ लाखको हाराहारीमा अवलोकन हुने गरेको छ । पर्यटकको बृद्धिसंगै सरकारले सुरु गरेको नेपाल भ्रमण बर्ष (भीजीट २०२० ) को प्रबद्र्धनका लागि पनि विभिन्न कार्यहरु समेत भैरहेको छ । बार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सुरु भएको पयर्टन वर्ष २०२० को सन्दर्भमा स्मारक मकवानपुरका साथै देशकै महत्वपुर्ण पर्यटकिय गन्तब्यको रुपमा रहको छ । यसै क्रममा आज सम्माननीय राष्ट्रपति ज्युबाट अनावरण गरिएको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका अगुवा सर्वमान्य व्यक्तित्व स्व. विशेश्वर प्रसाद कोइराला, स्व. पुष्पलाल श्रेष्ठ, स्व. मनमोहन अधिकारी र स्व गणेशमान सिंहको पूर्ण कदको प्रतिमा आकर्षक बगैचा फोहरासहितको आधुनिक एवम् अनुपम बनावटयुक्त संरचना रहेको छ । स्मारकमा रहेको सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, प्रजातान्त्रिक पार्क तथा थाहा स्तम्भहरुले सहिदहरुको स्मृति र योगदानलाई जिवन्त बनाउदै आएको छ । ईतिहासलाई बिर्सिएर भविष्यको नक्सा कोर्न सकिदैन न त वर्तमानलाई नै सुदृढ गर्न सकिन्छ । यसर्थ यस पार्कले नयाँ पुस्तामा राष्ट्रप्रेम र समर्पणको भावना जागृत गराउनुका साथै देशको ईतिहास र सहिदहरुको बारेमा अध्ययन गर्ने र बुझ्ने अवसर समेत दिएको छ । त्यसैले यो पार्क मात्र होईन, नेपालको राजनीतिक आन्दोलन र सहिदहरुको योगदानका सन्दर्भमा अध्ययन, अनुसन्धान लगाएतका प्राज्ञिक एवम् शोध कार्य गर्नेहरुका लागि महत्वपुर्ण स्थल हो । यो हाम्रो गौरवपुर्ण ईतिहासको स्मरण हो । सम्मान हो । हाम्रो आस्था र विश्वासको धरोहर हो । समग्रमा यो स्मारक हाम्रो पुजीं हो । यसले हामीलाई सधैंभरि सत्य र न्यायको पक्षमा उभिन अभिप्रेरित गर्छ । देशप्रति त्याग र समर्पणको भावना विकास गर्छ । सहिदहको सपना पुरा गर्न अहोरात्र क्रियाशिल हुन उत्प्ररित गर्छ । यसले हामीलाई सधैं झक्झक्याउँछ, सकारात्मक परिवर्तनतर्फ पाईलाहरु अघि बढाउन र केहि गर्न देशका लागि । किनकि देशले यतिबेला परिवर्तनको लागि रगत होईन, समृद्धिको लागि पसिना र पौरख खोजेको छ । “सुखी नेपाली, समृद्ध नेपाल”त्यहि आकाक्ष्ाांको अभिब्यक्ति हो । यो राष्ट्रिय संकल्पलाई पुरा गर्न सकिन्छ । जसरी एउटा निर्जन स्थानलाई दुरदर्सी योजना, ईमान्दार प्रयास, निरन्तरको मेहनत, ब्यवस्थित योजना निर्माण र कार्यान्वयन मार्पmत आज राष्ट्रकै गौरब,मकवानपुरको पहिचान बनाउन सफल भएका छौं, यो देश त अझ सम्भावनानै सम्भावनाले भरिएको देश हो । सबैको साझा संकल्प, ईमान्दार प्रयास र परिश्रमबाट यो देश बन्छ, बनाउन सकिन्छ ।
यहि विश्वास सहित सहिद दिवसले हामी सबैलाई सत्य र न्यायको पक्षमा उभिन तथा समृद्धिको अभियानमा योगदान पु¥याउन अविराम अघि बढ्न प्रेरणा दिनेछ भन्ने अपेक्षा सहित सहिद सप्ताह अन्तर्गत प्रजातान्त्रिक पार्क अनावरण तथा स्मारक स्थापनाको २५ औं बसन्त पुरा गरी ‘रजतजयन्ती’को अवसरमा आयोजित यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गरि यस कार्यक्रममा गरिमा एवम् महत्वलाई बढाउन गरिमामय उपस्थितिका लागि सम्माननीय राष्ट्रपतिप्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै, यस कार्यक्रममा उपस्थित हुनु भएका तथा यस कार्यक्रमलाई भब्य र सभ्य बनाउन लाग्नु भएका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।