मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक पर्वहरुलाई महोत्सवका रुपमा मनाउनु पर्ने बताउनुभएको छ । २८५६ औं जीवा ल्हो (मुसा पर्व) सोनाम ल्होछारका अवसरमा हेटौंडा–१३ पदमपोखरी, ठुलोथलीमा आईतबार ल्होछार बिषेश कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संस्कृतिको संरक्षण गर्न पनि यस्ता पर्वहरुलाई महोत्सवको रुपमा मनाउनु पर्ने बताउनुभएको हो ।

नेपालमा मनाईने सबै पर्वहरु नेपालीहरुको साझा पर्व भएको भन्दै मुख्यमनन्त्री पौडेलले सबैको संस्कृति र परमपराको संरक्षण गर्नुपर्ने बताउनुभयो । अहिले सबै जात जातिले मनाउने पर्वहरू साझा बन्दै गएकाे भन्दै उहाँले नेपालीकाे पहिचान नै संस्कार र संस्कृित भएकाे बताउनुभएकाे छ ।

हेटौंडा–१३ ठुलोथलीमा ल्होछार साँस्कृतिक कार्यक्रम समितिकी संयोजक संगीता वाईवाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोत्तान, जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, १३ नम्बर वडा अध्यक्ष मनोज कुमार वाईवालगायतको आतिथ्यता थियो ।