मकवानपुर– शहिद सप्ताहको तेसो दिन आज हेटौँडाको सहिद स्मारकमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सप्ताह व्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन आईतबार जिल्लाका विभिन्न जात जातिको विविधता झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
सहिद स्मारक विकास समितिका सदस्य शालिकराम पुडासैनकिो अध्यक्षतामा भएको कार्यक्रममा सहिद स्मारक विकास समितिका अध्यक्ष एवम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लामा रहेका गुरुङ्, मगर, नेवार, तामाङ्, थारुलगायत जातजातिको सास्कृतिक नृत्य तथा गित प्रस्तुत गर्नुका साथै नौमति बाजालगायतको प्रस्तुति थियो । सप्ताहब्यापी कार्यक्रम अन्तरगत साेमबार (भोलि) देखि दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने बताइएकाे छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राण, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देललगायत स्थानिय तथा पर्यटकहरुको सहभागिता रहेको थियो ।
हेर्नुहोस फोटोमा