फाइल तस्विर

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जेष्ठ नागरिकको नाममा हुने व्यापार बन्द गर्नुपर्ने बताउनुभएको छ । जेष्ठ नागरिकहरुको राष्ट्रिय कार्यशालालाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जेष्ठ नागरिककै नाममा व्यापार गर्ने परिपाटि रहेको भन्दै त्यस्तो काम बन्द हुनुपर्ने बताउनुभयो ।

‘अहिले चोक चोकमा जेष्ठ नागरिकका नाममा पसल खुलेका छन्, त्यो बन्द हुनु पर्छ,’ उहाँले भन्नुभयो । प्रदेश सरकारले जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि कार्यक्रम ल्याउने भन्दै मुख्यमन्त्री पौडेलले सन्तानलाई नै यसको जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेष्ठ नागरिकहरुलाई उनीहरुको सन्तानले नै हेरचाह गर्नु पर्ने बताउनुभएको छ । सन्तानको कमाईको निश्चित प्रतिशत जेष्ठ नागरिकको लागि छुट्याउने व्यवस्था हुने हो भने आश्रमहरुको जरुरत नपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो ।
तर, कतिपय अवस्थामा जेष्ठ नागरिककाे काेिह पनि नभएकाे अवस्थामा प्रदेश स्तरमा र जिल्ला तहमा एक÷एक वटा जेष्ठ नागरिक आश्रम खुल्नु पर्ने भन्दै मुख्यमन्त्री पौडेलले दिवा सेवा केन्द्रहरु जेष्ठ नागरिकले सेवा लिन सहज हुने गरि खुल्नु पर्ने बताउनुभयो । यसका लागि स्थानीय सरकारले काम गर्नुपर्ने समेत मुख्ष्यमन्त्री पौडेलको भनाई थियो । ज्येष्ठ नागरिकको हितमा सरकारले काम गरिरहेको भन्दै उहाँले यहि सरकारले वृद्ध भत्ता ५ हजार पु¥याउने दावी समेत गर्नुभयो । कार्यक्रममा प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ, सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको सहभागिता थियो ।