सांकेितक तस्विर

मकवानपुर– मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीमा श्रीमतीकाे हत्याकाे आशंंकामा प्रहरीले श्रीमान लाइ पक्राउ गरेकाे छ । स्थानीय २० वर्षीय मिना अधिकारीको हत्याकाे आशंंकामा श्रीमान एकराज अधिकारीलाइ पक्राउ गरेकाे हाे ।

हेटौँडा–१८ जयतारस्थित पन्चकन्या बिद्यालय नजिक आइतबार बिहान युवतीकाे शव फेला परेकाे थियाे । स्थानीय बासिन्दाले घर नजिकैको गहुँबारीमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनकाे हत्याकाे आशंकामा प्रहरीले श्रीमान एकराज अधिकारीलाइ नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । विषयमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभएको छ । मृतक महिलाको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।