काठमाडौं । सरकारले सिमेन्ट उत्पादनमा नयाँ मापदण्ड निर्धारण गरेको छ । शुक्रबार बसेको गुणस्तर परिषदको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा सिमेन्टको नयाँ मापदण्ड निर्धारण गरेको हो ।
नेपालमा हालसम्म ३३ गे्रडको सिमेन्ट मात्र उत्पादन भइरहेको छ । अब भने ४३ र ५३ गे्रडको सिमेन्ट पनि उद्योगहरुले उत्पादन गर्न सक्ने उद्योग सचिव यमकुमारी खतिवडाले जानकारी दिनु भयो । विभागले परानो गुणस्तर कायम राख्दै ४३ र ५३ को नयाँ गुणस्तर बनाइएको हो । बैठकले ३३ ग्रेडलाई पनि परिमार्जन गर्ने व्यवस्था गरेको छ । साथै बैठकले मिेन्टको एसिसि बल्कको पनि गुणस्तर कायम गरेको छ ।
यसअघि नेपालमा ३३ ग्रेड भन्दा बढीको सिमेन्ट उत्पादन गर्ने मापदण्ड नभएको ३३ ग्रेडभन्दा बढीका सिमेन्ट विदेशबाट आयात गरिन्थ्यो । सरकारले नयाँ मापदण्ड तोकेसँगै क्षमता हुदाँ हुदैँपनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने वाध्यता हटेको छ ।