मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैले स्वच्छ खानेपानीको उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरद्धारा स्थानीय तहमा गठीत खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुको भेलाको आज हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबैको अधिकार भएको बताउनुभएको हो ।

आम नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्नमा सरकारकाे मात्र नभइ उपभोक्ता समितिको समेत महत्वपुर्ण भुमिका हुने प्रमुख खुलालले बताउनुभयो । उहाँले अहिलेको बदलिदो परिवेशमा उपाभोक्ता समितिलाई केहि असहज महसुस भएको भए पनि स्थानीय तहसंग समन्वय गरेर काम गरेमा विस्तारै सहज हुँदै जाने बताउनुभएको छ । नयाँ प्रणली स्थापना भएकाले केहि असहज हुनु स्वभाविक भएको भन्दै प्रमुख खुलालले प्रणलीलाई संस्थागत गर्नकालागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।

राज्यले लिएको सुखि नेपाली र समृद्ध नेपालको योजनालाई सकार पार्न आर्थिक उन्नती र प्रगती आवश्यक रहेको भन्दै उहाँले सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उहाँको भनाई थियो । समुदायमा सरसफाई सम्बन्धी जनचेतनाको अभाव रहेको बताउँदै प्रमुख खुलालले त्यसकालागि समितिले पनि समुदायको चेतना बृद्धि गर्ने तर्फ ध्यान दिनु पर्ने बताउनुभएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष प्रकाश पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका राष्ट्रिय कार्यसमिती अध्यक्ष राजेन्द्र अर्याल, केन्द्रीय कार्यसमिती सदस्य एवम् मकवानपुर संयोजक गौतम बुद्ध लामा, केन्द्रीय कार्यसमिती सदस्य बद्री देवकोटालगायत मकवानपुरका १० वटै स्थानीय तहका समितिका पदाधिकारीहरुको सहभागिता थियो ।