मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थायी राजधानी भएको खुसीयालीमा जिल्लाभर सरसफाई अभियान संचालन गर्न जिसस प्रमुख खुलाललको आग्रह गर्नुभएको छ । आईतबार प्रदेश सभाबाट राजधानी र नाम टुंगो लागेको उपलक्ष्यमा सार्वजनीक विदा दिनु भन्दा पनि जिल्लाभरी सरसफाई गरेर मनाउन उहाँले आग्रह गर्नुभएको हो ।
उहाँले सार्वजनीक विदा दिनु भन्दा जिल्लाभरी सरसफाई गरेमा पर्यटन वर्षलाई समेत सहयोग पुग्ने हुँदा सोमबार जिल्लाभरी एकैसाथ सरसफाई संचालन गर्न आग्रह गर्नुभएको हो । प्रदेशको राजधानी भईसके पछि अब भिडभाड बढ्ने हुँदा सबै भन्दा बढी सरसफाईमा ध्यान दिनुपर्ने र पहिलो दिन देखि नै एउटा संदेश प्रवाह हुने हुँदा सबैलाई अभियान संचालन गरेर सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको हो ।
Home प्रदेश बागमती प्रदेश स्थायी राजधानीको खुसीयालीमा विदा होईन सरसफाई अभियान संचालन गरौं–जिसस प्रमुख खुलाल