मकवानपुर– शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उदेश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपालले सदस्यता बृद्धि गर्ने अभियान सुरु गरेको छ । अभियान अन्र्तगत आईतबार कोषले जिल्लाका विभिन्न सरोकारवालासंग छलफल समेत गरेको छ । कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा आज सरोकारवालाहरुसंग छलफल गरिएको हो ।

जिल्लाका शैक्षिक क्षेत्रका व्यक्तित्व, उद्योगपति, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधिलाई भेला गराएर संस्थाको बारेमा जानकारी दिनुका साथै सदस्यता बृद्धि गर्ने विषयमा छmलफल भएको थियो । भेलामा सहभागिहरुले नागरिकका तर्फबाट शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने पवित्र उदेश्यका साथ खोलीएको शैक्षिक सहयोग अक्षयकोष राम्रो भएको र यसलाई अगाडी बढाउनु पर्ने प्रतिकृया दिएको कोषका अध्यक्ष खुलालले बताउनुभयो । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीको समन्वयमा भएको भेलामा करीब ४० जनाको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here