हेटाैंडा– ३ नम्बर प्रदेशको नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियालाई बधाई सहित धन्यवाद दिनुभएकाे छ । आज राष्ट्रिय एकता दिवसको अबसरमा पार्टीद्वारा नेपाल पुलिस क्लबमा आयोजित चियापान समारोह सकिनासाथ थापाले मुख्यमन्त्री पौडेल र बानियाँलाई टेलीफोन सम्पर्क गरि बधाई सहित शुभकामना दिनुभएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभएकाे छ । थापाले ट्विट मार्फत पनि बधाई दिनुभएकाे छ, भने अन्य प्रदेशको निमित्त पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुनसक्ने उल्लेख गर्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here