मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले धर्म र धार्मिक कार्यले नै धार्मिक सहिष्णुता बढाउँदै लैजाने बताउनुभएको छ । हेटौंडा ७ न्यूरेनिमा रहेको श्री श्रीनिवास लक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सप्ताहको शुक्रबार उद्घाटन गर्दै प्रमुख खुलालले यस्तो बताउनुभएको हो ।

मन्दिरको ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सप्ताहको उद्घाटन गर्दै प्रमुख खुलालले धर्म मानिसको आस्था र विश्वासको केन्द्र भएकाले सबैलाई समान रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले धर्म अनुसार सबैको आफ्नै आफ्नै दृष्टिकोण भएपनि सबै समान भएको धारणा व्यक्त गर्नुभएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मन्दिर संरक्षण समितिका सल्लाहकार कृष्णप्रसाद सञ्जेल, मन्दिरका अक्षयकोष विकास समितिका उपाध्यक्ष विजयसागर श्रेष्ठ, न्यूरेनी चिसापानी सामुदायिक वन समूहका अध्यक्ष ज्ञानु क्षेत्री लगायतकाको आतिथ्यता रहेको थियो । पुस २५ गतेदेखी माघ २ गतेसम्म सञ्चालन हुने महायज्ञमा युवा बाचक रामानुज नेपालले कथा बाचन गर्ने जानकारी दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here