मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माविका विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिईएको छ । विद्यायल क्षेत्रमा प्राथमिक उपचारको अभावमा कितपय अवस्थामा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुने हुनाले त्यसकाे न्युनिकरण गर्ने उदेश्यका साथ तालिम प्रदान गरिएको हो ।

डिस्कोभरी रोयल स्पोर्टस प्रा लि को आयोजना तथा विद्यालयलको समन्वयमा विद्यार्थीहरुलाई तालिम दिईएको हो । त्रिभुवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश पराजुलीको अध्यक्षतामा भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै प्रमुख खुलालले प्राथमिक उपचारका बारेमा सबैलाई ज्ञान हुनु पर्ने बताउनुभयो । विशेष गरि विद्यायल क्षेत्रमा यसको महत्व धेरै हुने भन्दै प्रमुख खुलालले निजि क्षेत्रबाट कार्य गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । राष्ट्रले एउटा प्रगतिको मार्ग काेर्न थालेको भन्दै राष्ट्रको उन्नती, प्रगती र समृद्धिमा सबैको योगदान आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमममा पुर्व जिल्ला विकास समिति सभापति रामेश्वर राणा, ११ नम्बर वडाका जनप्रतिनिधि, टाेलिविकास संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक÷विद्यार्थीहरु गरि करीब २ सय जनााकाे सहभागिता थियो । विद्यार्थीहरुलाइ अभियन्ता ओम उप्रेतीले तालिम दिनुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here