मकवानपुर– ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबारबाट शुरु भएको अधिवेशनमा राजधानी र नामका बिषयमा विना विवाद निर्णय गर्न आग्रह गर्नुभएको छ । प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले विना विवाद निर्णय भयो भन्ने सन्देश प्रवाह गर्न सबैलाई आग्रह गर्नुभएको हो ।
सबैको चासोको विषय रहेको नाम र राजधानीको विषय यसै अधिवेशनबाट टुंगो लगाउने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । राजधानी र नामको टुंगो लगाउन सहज बनाउने क्रममा केही ढिला भएको भन्दै संविधानले व्यवस्था गरे अनुरुप मतदान प्रक्रियाबाट टुंगोमा पुर्याउने उहाँको भनाई थियो । उहाँले पहिलो बैठकमा उपस्थिति हुनुभएका नवनिवार्चित प्रदेशसभा सदस्य कृष्णलाल भडेललाई स्वागत समेत गर्नुभएको थियो ।