सांकेितक तस्विर

मकवानपुर– मकवानपुर प्रहरीले जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले कमाण्डमा खटि गएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा मकवानपुर गढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको हाे ।

लेनडाँडा स्थित एक घरमा पैसाको हारजित हुनेगरी बाजी राखी कौडा खेलिरहेको अवस्थामा कौडा र नगद सहित पक्राउ गरिएको मकवानपुर प्रहरी जनाएको छ। उनिहरु माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।