मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आईतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को अनुगमन गर्नुभएको छ । प्रमुख खुलालले जिससको मौजदात कोषबाट खर्च हुने गरि निर्माण हुन लागेको सार्वजनीक भवनको अनुगमन गर्नुभएको हो ।

तत्कालिन जिल्ला विकास समिति र वडा कार्यालयको लगानीमा निर्माणाधिन भवन निर्माण सम्पन्न हुन नसकेर प्रयोग विहिन अवस्थामा रहेको थियो । जिससले मौजदात कोषबाट रकम उपलब्ध गराउने भएपछि वडा कार्यालयले उक्त भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याउने भएको हो । जिससले मौजदात कोषबाट रकम उपलब्ध गराउने भए पछि जिसस प्रमुख खुलालले आज उक्त भवनको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा प्रमुख खुलालले १३ नम्बर वडा अध्यक्ष मनोज कुमार वाईवालाई रकम तुरुन्त ल्याएर भवन निर्माणको काम सम्पन्न गर्न सुझाव दिनुभयो । भवन अभावका कारण साँघुरो ठाउँमा वडा कार्यालय संचालन गर्नुपर्ने अवस्था रहेको १३ नम्बर वडा कार्यालय अब भवन निर्माण भए पछि प्रसस्त पुग्ने अध्यक्ष वाईवाले बताउनुभयो ।