मकवानपुर– ३ नम्बर प्रदेशसभा सचिवालयले प्रदेशको राजधानीको प्रस्तावमाथि पुस २२ गते छलफल र निर्णय गर्ने तयारी गरेको छ । आइतबार प्रदेशसभा सचिवायलमा भएको पत्रकार सम्मेलनमा सभामुख सानुकुमार श्रेष्ठ पुस २२ गते प्रदेश राजधानी सम्बन्धी प्रस्ताव पेश तथा छलफल हुने बताउनुभएको हो ।
सभामुख श्रेष्ठले छलफल लगत्तै प्रस्तावहरु निर्णयार्थ पेश गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रदेशसभा सचिवालयले यस अघि नै राजधानी सम्भाब्यता अध्यय विषेश समितिले हेटौंडा, काभ्रे, नुवाकोट, भक्तपुर र चितवन प्रदेश राजधानीको लागि उपयुक्त हुने सिफारिस गरिसकेको छ । समितिले सिफारिस गरेको स्थानहरु मध्येबाट प्रदेश स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यबिधिको अनुसूचि १ बमोजिमको ढाँचामा प्रस्ताव दर्ता हुने सभामुख श्रेष्ठले जानकारी दिनुभयो । “दर्ता भएको स्थानहरुमध्ये बर्णानुक्रमको आधारमा मदतान हुन्छ, जस्को पक्षमा दुई तिहाइ मत पुग्छ त्यही स्थायी राजधानी हुन्छ” । “कुनै पनि स्थानमा दुई तिहाई नपुगेको अवस्थामा भने हेटौंडा नै अस्थायी राजधानीको रुपमा कायम रहिरन्छ ।’ सभामुख श्रेष्ठले भन्नुभयो ।
यस अघि पुस २१ गते सोमबार प्रदेश नामाकरण सम्बन्धी कार्यबिधि प्रदेश सभामा पेश हुनेछ । पुस २२ गते नै प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । ‘यो हाम्रो तयारी हो, कार्य ब्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम रुप दिनेछ’, सभामुख श्रेष्ठले भन्नुभयो ।