मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । जसका माध्यमले थाहा नगरपालिकामा अवस्थित सिमभञ्ज्याङको बारेमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो । मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । जसकाे उचाइ २४८८ मिटर रहेकाे छ । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरू र दक्षिणतर्फ होचा पहाडका मनोरम तरेली र समथल भूभाग दृश्यावलोकन गर्न सकिन्छ । हिम वर्षाको रमणीय दृश्य, दुर्लभ वनस्पति, जैविक विविधताको खानी, पर्बतीय सितोष्ण वातावरणमा पाईने बाक्लो जङ्गल, चिसो शान्त हावापानी, विविध किसिमका सुनगाभा र रातो लालिगुँरास फुलेको रमणीय दृश्य मनमोहक रहेका छन् । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।