हेटौंडा– हेटौंडा अस्पतालका बाल रोग बिषेशज्ञ डा. हरि बहादुर खड्काले आफ्नो तलबको आधा महिना बराबरको रकम मामाघर नेपाललाई प्रदान गर्नुभएको छ । आफ्नो ४६ औं जन्मदिनको अवसरमा शनिबार उहाँले मामाघर नेपाललाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
जन्मदिनको खुशियालीमा फजुल खर्च नगरिकन आफ्नो आधा महिनाको तलब बराबरको सहयोग सडक बालबालिकाको संरक्षणमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई हस्तान्तरण गर्नु भएको छ । उहाँले आधा महिनाको तलब बराबर २० हजारको खाध्यान्न र नगद ५ हजार सहित २५ हजार सहयोग प्रदान गर्नु भएको मामाघर नेपाल मकवानपुर संरक्षक अपर्ण पराजुलीले जानकारी दिनुभयो । साथै उहाँले आफू मामाघर नेपालको अभिभावकको रुपमा नियमित साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।