मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र महालेखा परिक्षक टंकमणि शर्मा बिच भेटघाट भएको छ । बिहिबार मकवानपुर आउनुभएका शर्माले प्रमुख खुलालसंग भेटघाट गर्नुभएको हो ।
भेटमा महालेखा परिक्षक शर्मा र प्रमुख खुलालबिच लेखा परिक्षणका विषयमा अहिलेको समसामयिक बिषयमा छलफल भएको थियो । उहाँले लेखा परिक्षणका विषयमा जन प्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध सुमधुर हुनु पर्ने जसले राष्ट्रको उन्नती प्रगति हुने बताउनुभएको छ । साथै उहाँले मकवानपुरमा लेखा परिक्षण र यसमा ल्याउनु पर्ने सुधारका विषयमा पनि छ छलफल गर्नुभएको थियो । भेटमा प्रमुख खुलालले मकवानपुरमा कर्मचारी र जनप्रतिनिधि बिच सुमधुर सम्बन्ध रहेको बताउनुभएको थियो । उहाँले महालेखा परिक्षण गर्दा एकरुपता अपनाउनु पर्ने बताउनुभयो ।