मकवानपुर– नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा मकवानपुरका पर्यटकीय स्थानको जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटकलाई सहजीकरण गर्ने उद्देश्यका साथ यो सङ्क्षिप्त पर्यटकीय स्थानहरूको चिनारी प्रस्तुत गरेका छौं । यस लेखका माध्यमले ईन्द्रसरोवर गाउँपालिकामा अवस्थित मानव निर्मात तालका बोरमा बुझ्न र घुम्न सहज होस भन्ने हाम्रो धारणा हो । इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रूपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविद्युत उत्पादन गरिएको छ। तालको अवलोकन गरी वरिपरिको हरियालीबाट मोहित भई जलविहार गर्न सक्ने व्यवस्था भएको छ । हामी मकवानपुरमा हरेक पर्यटकिय स्थलहरुको जानकारी निरन्तर प्रस्तुत गर्दै जाने छौं ।
इन्द्रसराेवरका केहि मनमाेहक तस्विरहरू