मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीका ८४ वर्षिय एक बृद्धले आफुले पाएको सामाजिक सुरक्षा वापतको रकम पुण्य कार्यमा खर्च गर्नुभएको छ । मनहरी–८ का सिताराम उप्रेतीले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा वापतको रकमबाट बचत गरेको पैसाले न्यानो कपडा बितरण गरेर पुण्यकार्य गर्नुभएको हो ।

उहाँले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा बापतको रकमबाट बचत गर्नुभएको पैसाले मनहरी–२ भिमानका बृद्धा, बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । बृद्ध/बृद्धा तथा बालबालिकाहरु जाडोका कारण समस्यामा रहेको खबर पाए पछि उहाँले सोमबार २० थान -(न्यानो प्रदान गर्ने) कम्बल वितरण गर्नुभएको हो । उहाँबाट प्राप्त २० थान र गाउँपालिकाबाट ५ थान कम्बल गरि २५ थान कम्बल आजै अध्यक्ष उप्रेती, उपाध्यक्ष मनिला बिष्टसहितको टोली पुगेर वितरण गर्नुभएको हो । सिताराम उप्रेती मनहरी गाउँँपालिकाका अध्यक्ष एकराज उप्रेतीका बुबा  हुनुहुन्छ ।