मकवानपुर– अन्तराष्ट्रिय मानव अधिकार दिवस र लैंगिङ्क हिंसा विरुद्धको १६ दिने अभियानको विषयमा मकवानपुरमा आईतबार समिक्षा गरिएको छ । अभियानकी जिल्ला संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख एवम् भगवती पुडासैनीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि खुलालले मकवानपुरमा विभिन्न कार्यक्रम गरेर अभियान मनाईएको भन्दै अभियानलाई वास्तविक हिंसा पिडित सम्म पु¥याउन सक्नु पर्ने बताउनुभयो । हिंसा न्यूनिकरण गर्न एक दुईजना व्यक्ति मात्रै अग्रसर भएर नहुने भन्दै प्रत्यक व्यक्ति आफ्नो अधिकार प्राप्तिका लागि एकमुष्ट हुनुपर्ने बताउनुभयो । हिंसा न्युनिकरणक लागि सोचमा परिर्वतन ल्यायन जरुरी रहेको प्रमुख खुलालको भनाई थियो । उहाँले दिवश मनाएर मात्र समाजमा परिर्वतन नहुने भन्दै अधिकार र कर्तव्यका बारेमा सबैलाई जानकारी हुनु पर्ने बताउनुभयो । अधिकार प्राप्ती र कर्तव्यको बोध दुवै जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने व्यक्तिहरुले मानव अधिकार, लैंगिक हिंसा लगायतका गतिविधिमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने बताए । उनिहरुले अभियानलाई फरक तरिकाले मनाउनु पर्नेमा जोड दिएका थिए ।