मकवानपुर– ३ नम्बर प्रदेश स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णयको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्वागत गरेको छ । जिल्ला समन्वय समित मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल कम्युनिष्ट पाट्रि (नेकपा) को आईतबार बसेको सचिवालय बैठकले स्थायी राजधानी हेटौंडालाई कायम गरेकामा खुसी व्यक्त गर्दै सो निर्णयको स्वागत गर्नुभएको हो ।

जिल्ला समन्वय समितिले विगत देखि नै प्रदेशको स्थायी राजधानी हेटौंडा नै हुनु पर्ने भन्दै पहिले देखि नै विभिन्न राजनैतिक नेतृत्वसंग भेट्ने, ज्ञापनपत्र बुझउने तथा कार्यक्रमहरु मार्फत दवाव सृजना गर्दै आएकोमा आईतबार बसेको सचिवालय बैठकले गरेको निर्णयको सर्मथन गर्दै खुसी व्यक्त गर्नुभयो । “विगत दुईवर्ष देखि प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको हेटौंडालाई स्थायी राजधानी वनाउने निर्णय प्रति खुखि लागेको छ । साथै निर्णयको स्वागत गदैछु ।” प्रमुख खुलालले भन्नुभयो ।
स्थायी राजधानी तोकिएकोमा निकै खुसी भएको भन्दै प्रमुख खुलालले भन्नुभयो– “हेटौंडा राजधानी हुनु धेरै हिसावले ठिक छ, साथै संघीयताको मर्म अनुसार राजधानीकालागि प्रदेशमा उत्तम स्थान नै हेटौंडा हो, सचिवालयले गरेको निर्णय प्रति निकै खुसी छु ।” प्रदेशको स्थायी राजधानी हेटौंडा तोके संगै बैठकले नाम वागमती प्रदेश राख्ने निर्णय समेत गरेको छ । प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्नुपर्दछ भन्दै शुरु देखि नै आफु लागेको र सो कुरा पुरा भएको उहाँले वताउनुभयो ।