फाइल तस्विर

मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ ।  सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार विस्फोटनको आवाज निकै ठूलो सुनिएको थियो । विस्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । “भयङ्कर विस्फोटन भएको थियो, २० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइते भएका छन्,” एक जना प्रहरी अधिकृत इब्राहिम मोहम्मदले भन्नुभयो । उहाँले घाइतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताउनुभयो । “मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसाधारण हुन्, अरु ३० भन्दा बढी घाइते भएका छन्,” घटनाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अहमद मोहलिम वार्सामले भन्नुभयो । उहाँले निकै ठूलो दुःखद घटना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिनुभयो ।   रासस /एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here