मकवानपुर– मकवानपुर जिल्लामा भ्रमण वर्ष लक्षित महत्वपुर्ण ३० वटा पर्यटकिय गन्तव्यको निर्धारण गरिएको छ । जिल्लाका १० पालिकाबाट ३/३ वटाका दरले ३० वटा महत्वपुर्ण पर्यटकिय गन्तव्य तोकिएको हो ।
जिल्लामा अन्य थुप्रै पर्यटन गन्तव्य भए ता पनि हरेक पालिकाबाट ३ वटा महत्वपुर्ण गन्तव्यलाई भ्रमर्ण वर्षका लागि छनोट गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमख एवम् जिल्ला स्तरीय भ्रमण वर्ष समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहहरुबाट माग गरे अनुसार जिल्लाका १० वटै स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्य मध्ये महत्वपुर्ण गन्तव्य भ्रमर्ण वर्ष लक्षित गरेर छनोट गरेको तथा सो स्थान सम्म पुग्ने सडक संजालल र गन्तव्यको विवरण पठाएका हुन् । स्थानीय तहहरुले पठाएका गन्तव्यहरु यस प्रकार रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका
१) सहिद स्मारक पार्क– वडा नम्बर ११
२) चुरीयामाई सुरुङ्ग तथा चुरीयामाई मन्दिर– वडा नम्बर १५
३) मुर्तिकला बगैचा– वडा नम्बर १८
थहा नगरपालिका
१) दामन–सिमभञ्ज्याङ्ग – वडा नम्बर ३ र ४
२) चित्लाङ्ग– वडा नम्बर ९ र १०
३) राष्ट्रिय विभुती पार्क (मुलाबारी चौर) – वडा नम्बर ६, ११, १२
मनहरी गाउँपालिका
१) मनहरी पीश पार्क – वडा नम्बर ८ सिमपानी
२) रमौली जंगल सफारी– वडा नम्बर ७ रमौली
३) बनकरीया होमस्टे – वडा नम्बर ४ टवाङग्रा

मकवानपुरगढि गाउँपालिका
१) ऐतिहासिक मकवानपुरगढि दरवार क्षेत्र– वडा नम्बर २
२) मनकामना मन्दिर – वडा नम्बर ४
३) शहिद रुद्रबाटिका – वडा नम्बर ४
बकैया गाउँपालिका
१) गौतम बुद्ध पर्यटन पार्क – वडा नम्बर ६
२) धानेश्वर पार्क – वडा नम्बर ७
३) बकैया ठाकुर पर्यटन पार्क – वडा नम्बर १०
बागमति गाउँपालिका
१) शहिद स्मारक झुरझुरे – वडा नम्बर ४
२) गोल्मे दरवार क्षेत्र – वडा नम्बर ६
३) बेतीनी पिकनिक स्पोर्ट – वडा नम्बर ९
भिमफेदि गाउँपालिका
१) चिसापानी गढी – वडा नम्बर ६
२) हात्तिसार – वडा नम्बर ६
३) त्रि खण्डी मन्दिर – वडा नम्बर १
राक्सिराङ्ग गाउँपालिका
१) पाईराङ्ग भिम्बुङ्ग पर्यटकीय स्थल – वडा नम्बर ९
२) जलपरी झरना चमेरे गुफा – वडा नम्बर ३
३) चेपाङ्ग संग्राहालय – वडा नम्बर ५
कैलाश गाउँपालिका
१) केलाश बैकुण्ठ – वडा नम्बर २
२) देखारी पर्यटक पार्क – वडा नम्बर ७
३) घैराङ पर्यटक पार्क – वडा नम्बर ९
ईन्द्रसरोवर गाउँपालिका
१) ईन्द्रसरोवर ताल र तालका अन्य क्षेत्रहरु – वडा नम्बर १,२
२) भालेश्वर मन्दिर (चन्द्रागिरी केवलकार) छावडाँडा – वडा नम्बर ५ फाखेल
३) मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोट देवी मन्दिर – वडा नम्बर ४ फाखेल