मकवानपुर– मकवानपुर प्रहरीले चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जनालाई चोरी गरेको गरहना र सामान सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाले मंगलबार राति चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जनालाई चोरी गरेको गरहना र सामान सहित पक्राउ गरेको हो ।
मंगलबार राति हेटौडा उपमहानगरपालिका–४ स्थित गौरी कुमार मैनाली बस्दै आएको घरमा चोरी भएको छ भन्ने खबर पाउना साथ बडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलिले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा हेटौडा–८ बस्ने १८ बर्षीय साजन पराजुलीलाई चोरी गरेको सामान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले पराजुलिको साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मंग्लशुत्र औठी सहितका सुनका गरगहना र एक थान ल्याप्टप बरामद गरेको जनाएको छ । पराजुलीलाई बुधबार जिल्ला अदालत मकवानपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जनाइएको छ ।