चितवन– ३ नम्बर प्देशका मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताउनुभयो । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिनुभयो । रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको उहाँले बताउनुभयो ।

“रङ्गशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस्, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौँ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । उहाँले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उहाँले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाउनुभएकाे मुख्यमन्त्री पाैडेलका ।