मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले किरात समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदाय तथा सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उधौली पर्वको अवसरमा आज एक संदेश मार्फत मुख्यमन्त्री पौडेलल सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न जातजातिको साझा फूलबारीको रुपमा रहेको हाम्रो देश नेपालमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र समभावकै कारण सबै जातजातिहरुका सस्कृतिहरु सर्वस्विकार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले हरेक वर्ष मङ्सिर पुर्णिामाका दिन मनाइने उधौली पर्व चिसो मौसम सुरु भएपछि बेसि अर्थात उधो झर्नुपर्ने प्रक्रिया सुरु गरिने दिनको रुपमा तथा मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न एवं अन्नबाली भित्रयाईएको खुसीयालीमा मनाउन मनाइने पर्व भएकोले यो पर्व आम नेपाली किसानहरुको खुसी साट्ने पर्व पनि हो भन्नुभएको छ ।