मकवानपुर– मकवानपुरमा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जानाको मृत्यु भएको छ । गय राति पुर्व पश्चिम राजर्माग अन्र्तगत हेटौँडा ९ पशुपतिनगर र मकवानपुरगढी–४ मक्रान्चुलीमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान जानुका साथै अन्य दुईजना घाईते भएका छन् ।
मंगलबार राती विरगंजबाट हेटौँडा तर्फ आउदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा हेटौंडा ९ मा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मुत्यु भएको उहाँले जानकारी दिनुभयो । अन्दाजी ४०÷४५ बर्षकोे देखिने मृतक महिलाको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका ५ बस्ने अन्दाजी ३० बर्षका कंचन ठाकुर र मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका १० बस्ने ३५ बर्षीया सर्मीला थापा मगर घाईते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरगढी गाउँपालिका–४ मक्रान्चुली नजिक टिपरले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार राति गढि गाउँपालिका–४ स्थित मनकामना मन्दिर जाने सडक खण्डमा बा ४ ख ६३५५ नम्बरको टिपरले किच्दा स्थानिय दिपक पाख्रिनको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।