काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो ।बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ। उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो ।