मकवानपुर– ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेललाई आज सपथ ग्रहण गराईने भएको छ । उहाँलाई आज दिउँसो ३ बजे प्रदेश सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउनु हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।
गत मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिष्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत ल्याउनुभएको थियो । प्रदेशसभामा आज नव निर्वाचित प्रदेशसभा सदस्यको सपथ ग्रहण तथा दुईवटा पुस्तक विमोचन कार्यक्रम समेत हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।