काठमाडौँ– तेक्वान्दोका कमल श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई तेस्रो स्वर्ण पदक दिलाएका छन् । कमलले तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।